टिकटकले लियो ज्यान, भिडियो बनाउँदा तालमा खसेर मृत्यु


२७ असार २०७६, शुक्रबार १३:१३ मा प्रकाशित

काठमाडौँ । पछिल्लो समय टिकटक निकै लोकप्रिय भैरहेको छ र टिकटकमा झुम्मिनेहरुको संख्या बढिरहेको छ ।

तर टिकटकको लत बढेसँगै यसले पार्ने समस्याहरुमा पनि बढोत्तरी भैरहेको छ । टिकटकको क्रेजले पछिल्लो पटक एकजनाको ज्यान लिएको छ । घटना भारतको हो । टिकट भिडियो बनाउने क्रममा भारतको हैदरवादमा एकजनाको मृत्यु भएको छ । टिकटक भिडियो बनाउने क्रममा तालमा खसेर उनको मृत्यु भएको हो ।

बुधबार हैदरादको मेदचाल जिल्लास्थित डुलापाल्ली तालमा उक्त घटना भएको हो । नरसिंह नाम गरेका ती युवक टिकटकमा भिडियो रेकर्ड गर्ने क्रममा तालमा खसेको थिए । उनले तालको छेउँमा उभिएर अभिनय गरिरहेका थिए भने उनका साथीले भिडियो खिचिरहेका थिए । त्यसक्रममा उनी चिप्लिएर तालको गहिराइमा खसेको बताइएको छ ।

उनी पौडी खेल्न नजान्ने भएको हुँदा बाहिर निस्किन नसकेको र उनको मृत्यु भएको समाचारमा उल्लेख छ । बिहिबार मात्र प्रहरीले उनको लास तालबाट निकालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here