बिर्तामोड २ चैतुवारीस्थित घाग्रा खोलामा पनि बिबिध कार्यक्रम गरी छठ पूजा मनाइँदै


३ मंसिर २०८०, आईतवार १९:४१ मा प्रकाशित

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ चैतुवारीस्थित घाग्रा खोलामा पनि बिबिध कार्यक्रम गरी छठ पूजा मनाइँदैछ । छठ सेवा समिति बिर्तामोड–२ चैतुवारीको आयोजनामा उक्त स्थानमा छठ पूजा आयोजना भएको छ ।

आयोजक समितिका अध्यक्ष सुरेश यादबको अध्यक्षतामा भएको छठ पूजाको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा कार्यक्रमको प्रमुख अतिथि पवित्रादेबी महतरा प्रसाईले गरेकी थिइन् । 

छठ पूजाको मुख्य दिन आइतवार बिबिध साँस्कृतिक कार्यक्रम गरेर छठ पूजा सम्पन्न गरिने आयोजक समितिका अध्यक्ष सुरेश यादवले जानकारी दिए ।

साँझ ६ देखि ९ बजेसम्म स्थानीय कलाकारहरुको प्रस्तुती रहने र ९ बजेदेखि रातभर रतन भारद्वाजको प्रस्तुतीसहित बिभिन्न स्थानीय किर्तन समुहद्धारा भजनकिर्तन प्रस्तुत हुने अध्यक्ष यादवले बताए । 

४५ वटा घाट रहेको उक्त छठपूजामा स्थानीय, संघ/संस्था, वडा कार्यालयलगायतको आर्थिक सहयोगले पूजा आयोजना गरिएको बताइएको छ । पूजा सम्पन्न गर्न करिब २ लाख २० हजार रुपैयाँ अनुमानित खर्च हुने आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेल, सल्लाहकार धर्म लक्समबा, पार्वता गिरी, आयोजक समितिका सदस्य रामकुमार ठाकुरलगायतको आतिथ्य रहेको थियो ।  

आज अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा आरधना गरी भोली (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत रुपमा समापन हुने गरेको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here