इलामको रोङमा यात्रु बस दुर्घटना, एक बालकको मृत्यु, बसमा सवार अधिकांश घाइते


३ मंसिर २०८०, आईतवार १८:४७ मा प्रकाशित

झापा । इलामको रोङ गाउँपालिकास्थित अर्याल चोक नजिकै यात्रु बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

४० जना यात्रु सवार बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको उद्धारमा खटिएकाहरूले जनाएका छन् ।

धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको जनाइएको छ ।

कति जना यात्रु घाइते भए भन्ने खुलेको छैन । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बस राजमार्गबाट करिव ५०० मिटर तल झरेको छ । घाइतेको उद्धार गरि अस्पताल पठाउने काम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here