भद्रपुरमा १० केजीको अजिंगर फेला


३ मंसिर २०८०, आईतवार २०:५५ मा प्रकाशित

झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ३ स्थित मेचीखोला छेउ नजिकै रहेको खेतमा अजिङ्गर फेला परेको छ ।

भद्रपुर–३ मेचीपारी बस्ने अनहै राजबंशीको मेचीखोला छेउको खेतमा अन्दाजी ८ फिट लम्बाई र १० केजी तौल भएको जिवित अजिङगर आइतबार (आज) फेला परेको हो । 

फेला परेको अजिङगरका बिषयमा जिल्ला वन कार्यालय चन्द्रगढीमा जानकारी गराएको र वन कार्यालयलाई बुझाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अजिङ्गर फेला परेको स्थान प्रहरी चौकी मेचीपारीबाट अन्दाजी ७०० मिटर पश्चिम रहेको जनाइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here