विश्व शौचालय दिवस, नेपाल लगाएत विश्वभर जनचेतनामूल कार्यक्रम गरि मनाइयाे


३ मंसिर २०८०, आईतवार १४:२६ मा प्रकाशित

काठमाडौ । विश्व शौचालय दिवस, नेपाल लगाएत विश्वभर जनचेतनामूल कार्यक्रम गरि मनाइएको छ ।

यस वर्ष विश्व शौचालय दिवसको नारा परिवर्तनलाई बढावा दिऔँ भन्ने रहेको छ । नेपाललाई २०७६ सालको असोज १३ गते नै खुला दिसामुक्त देश घोषणा गरिएको छ । तर पनि सवै नेपालीहरुमा शौचालयको पहुँच पुग्न सकेको छैन ।

नेपालमा अझै पनि झण्डै साढे ५ प्रतिशत जनसंख्यामा शौचालयको अभाव रहेको एक तथ्याङ्कले देखाएको छ । उपत्यकामा बिभिन्न स्थानमा सार्वजनिक शौचालय रहेपनि अप्रयाप्त रहेको नागरिकहरुको गुनासो छ ।

संयुक्त राष्ट्र सङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिसहरु अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् । विश्वभर खुला दिसा र पिसाबका कारण फैलने रोगले विश्वमा दैनिक एक हजार बालबालिकाको ज्यान जाने गरेको तथ्याङ्क रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here