संघीय संसद एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भयोः चन्द्र भण्डारी


१ मंसिर २०८०, शुक्रबार १९:२४ मा प्रकाशित

बुटवल । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले संघीय संसद एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवारबाट रुपन्देहीमा शुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव-२०८० को उद्घाटन समारोहमा बोल्दै उहाँले संघीय संसद गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानुनहरु बनाउने कामले पूणर्ता पाउन नसकेको तर्क गर्नुभयो ।

सांसद भण्डारीले मुलुकमा लुटतन्त्र र अराजकता बढदै गएको उल्लेख गर्दै यसलाई धेरै दिन रहन नदिने चेतावनी समेत दिनुभयो ।

वरिपरी जनतालाई गरिवी बनाएर, लिलामीमा राखेर बीचको ठूलो घर सुरक्षित हुनै नसक्ने उल्लेख गर्दै उहाँले विगतमा जे भएपनि अब अराजकता मुलुकमा धेरै दिन रहन नदिने बताउनु भयो ।

सांसद भण्डारीले स्थानीय तह राम्रो भएपनि काम गर्नका लागि बजेटको अभाव रहेको पनि दोहोर्‍याउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here