चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ नेपाल आउँदै


२२ कार्तिक २०८०, बुधबार १०:४३ मा प्रकाशित

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै हुनुहुन्छ ।

औपचारिक भ्रमणमा बुधबार नेपाल आउन लाग्नुभएका वाङको उच्चस्तरीय राजनीतिक भेटघाट कार्यक्रम रहेको छ ।

नेपाल मामिला हेर्ने निकायका अन्य पदाधिकारीसमेत साथै लिएर आउन लागेका वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल गर्नुहुनेछ ।

वाङले आज उपराष्ट्रपति रामसहाय यादवलाई भेट्ने कार्यक्रम छ । बिहीबार उहाँले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र सामान्य प्रशासन मन्त्री अनितादेवीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

२५ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्नु हुनेछ। चीन भ्रमणको क्रममा १० असोजमा वाङसँग प्रधानमन्त्री प्रचण्डको टोलीको भेटवार्ता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here