हामी कसैसंग डराएका छैनौं, संविधान र गणतन्त्रको रक्षाका लागि सबै नेता एक ठाउँमा छौंः प्रधानमन्त्री दाहाल


२१ कार्तिक २०८०, मंगलवार १९:२८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरु एक ठाउँ उभिएको बताउनुभएको छ ।

मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भुमिका खेल्ने पार्टी र नेताहरुको समीक्षात्मक बैठक निरन्तर राख्नेबारेमा पनि एकमत भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको आधुनिक राजनीतिक इतिहासका सन्दर्भमा देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भुमिका खेल्ने पार्टी र नेताहरुको समीक्षात्मक बैठक थियो । यो बैठकमा राम्रो कुरा के भयो भने संविधानप्रति, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिवद्धता व्यक्त भयो । यसलाई निरन्तर बैठक राख्नुपर्छ । हामी सामान्य समीक्षा गरौँ भनेर गरेको हो, कसैसँग तर्सिएको छैन ।’

बैठक कसैसँग डराएर नभइ समीक्षा गर्नका लागि बसेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here