सर्वोच्च अदालतले रिगलको कैद माफी उल्टायो सूर्योदय संवाददाता १६ कार्तिक २०८०, बिहीबार १५:४० मा प्रकाशित काठमाडौ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई सरकारले दिएको कैद माफी उल्टाइदिएको छ । यसका साथै सर्वोच्चले रिगललाई तत्काल पक्राउ गरी बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ ।