टि–२० विश्वकप छनौटमा सिंगापुरमाथि नेपालको सानदार जित


१३ कार्तिक २०८०, सोमबार १२:४५ मा प्रकाशित

काठमाडौ । ओपनर कुशल भुर्तेलको सानदार अर्धशतकमा नेपालले टि–२० विश्वकप छनौटमा विजयी सुरुवात गरेको छ । जितका लागि सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ बलमा मात्रै २ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा कुशल भुर्तेलले उत्कृष्ठ ब्याटिङ गरे । ५ रन आवश्यक हुँदा आउट हुनुअघि कुशलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ७४ रन बनाए । आशिफले २६ बलमा २७ रन जोडेर आउट भए ।

कप्तान रोहित पौडेलले २४ बलमा ३५ रन बनाउँदा कुशल मल्लले एक बलमा ६ रन जोड्दै अविजित रहे।सिंगापुरका अनन्था कृष्ण र अक्ष पुरीले एक एक विकेट हात पारे । त्यसअघि सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।

सिंगापुरका लागि तीन ब्याटरले सम्मानजनक पारी खेले । रोहन राङ्ग्राजनले ३० बलमा सर्वाधिक ४६ रन बनाउँदा मनप्रित सिंहले २६ बलमा २४ रनको योगदान गरे । रोहनले ९ चौका र १ छक्का प्रहार गरे भने सिंहले ३ चौका प्रहार गरे ।

आर्यभिर चौधरी २६ बलमा ३७ रन बनाउँदै नटआउट रहे । उनले ५ चौका प्रहार गरे । बाँकी ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ३ ब्याटर शून्य रनमै पेबेलियन फर्किए । नेपालका लागि अभिनाश बोहराले ३ तथा करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले समान २र२ विकेट लिए ।

करणले ४ ओभरमा ३६, अभिनासले ४३, सन्दीपले १८ र गुल्शनले २१ रन खर्चिए । ४ ओभरमा २१ रन खर्चिएका सोमपाल कामीभने विकेटबिहिन भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here