‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत संसदमा प्रस्तुत


१२ कार्तिक २०८०, आईतवार १६:०९ मा प्रकाशित

काठमाडौ । प्रतिनिधि सभाको बैठकमा ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत भएको छ ।

आइतबार बसेको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नुभयो ।

यसअघि दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक कार्तिक १६ गते बिहीबार बिहान ११ बजे बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here