ओटिस आँधीका कारण दक्षिणी मेक्सिकोमा २७ जनाको मृत्यु


१२ कार्तिक २०८०, आईतवार ११:५६ मा प्रकाशित

मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन् ।

ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ । हजारौँ सांस्कृतिक संरचनाहरु ध्वस्त बनाएको बताइएको छ ।

घरका छाना र झ्यालहरु उडाएको र सडकमा बाढी आएको बताइएको छ । मेक्सिकोको बन्दरगाह शहर अकापुल्को र वरपरका समुदायहरुम रुखहरु र बिजुलीका खम्बाहरु ढालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here