दशैं सकिएलगत्तै भारती मानन्धरद्वारा पुनः रिले अनशन शुरु


१२ कार्तिक २०८०, आईतवार ११:४९ मा प्रकाशित

काठमाडौं । भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गर्नुभएको छ ।

श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन शुरु गर्नुभएको हो ।

श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले बिरोध गर्दै आएका छन् ।

भारतीले आज (आइतवार) बाट माइतीघर मण्डलामा पुनः रिले अनसन शुरु गर्नुभएको हो । २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here