कोजाग्रत पूर्णिमा अवसर पारेर कांग्रेसद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना


११ कार्तिक २०८०, शनिबार १६:४४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमा अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तापक्ष, बिपक्षी दलका नेता, कार्यकर्ता, शुभेच्छुकलगायतको उपस्थिति रहेको थियो ।

चियापानमा आएका पाहुनाहरुलाई पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले स्वागत गरेका थिए । कांग्रेसले बडादसैं, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो ।

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कुूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको थियो ।

बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो ।

विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिनुभएको थियो । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here