टी–२० विश्वकपको एशिया छनौटका लागि सन्दीप लामिछानेसहित नेपाली क्रिकेट टोलीको घोषणा


११ कार्तिक २०८०, शनिबार १३:५२ मा प्रकाशित

काठमाडौ । टी–२० विश्वकपको एशिया छनौटका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानमा १५ सदस्यीय खेलाडी छनोट गरेको हो।

लेग स्पिनर सन्दीप लामिछानेले टोलीमा पुनरागमन गरेका छन् । उनले व्यक्तिगत कारण देखाउँदै नेपाल, यूएई र हङकङकबीचको त्रिदेशीय खेल खेलेका थिएनन् ।

प्रशिक्षक मोन्टी देशाईले सन्दीपसँगै विवेक यादवलाई पनि टोलीमा पुनरागमन गराएका छन्। अनुभवी विनोद भण्डारी पनि टोलीमा समावेश छन् । अन्य खेलाडी भने पुरानै अनुहार हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here