मुगुमा एकै परिवारका चार जनाको हत्या !


१० कार्तिक २०८०, शुक्रबार १९:५४ मा प्रकाशित

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका ४ मन्दु गाउँमा एकै घरका चार जनाको शव फेला परेको छ ।

उनीहरुको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा स्थानीयले आज आफ्नै घरभित्र शव फेला पारेका छन् ।

हत्या हुनेमा २६ वर्षीया श्री देवी बोहरा उनका दुई छोरा ११ वर्षीय मनोज बोहरा, १ वर्षीय रहर बोहरा र ७ वर्षीया छोरी अप्सरा बोहरा रहेकी छन् ।

स्थानीयका अनुसार दशैँ मनाउन माइती गएकी श्रीदेवी बोहरा र उनका तीन सन्तान ८ गते नै घर फर्किएका थिए । तर, उनको घरमा ताल्चा लगाएको थियो । उनीहरु घर फर्किए पनि बाहिरबाट घरमा ताल्चा लगाएको पाइएपछि आज बिहान स्थानीय खोजी गर्दा चार जनाकै शव घरभित्रै पाइएको हो ।

उनीहरुको हत्या कार्तिक ८ गते राति नै भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

उक्त घटना कसरी भयो र कसले ग¥यो भन्ने बिषयमा जिल्ला प्रहरी कार्यलय मुगुले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी प्रमुख विरेन्द्र थापाले धारिलो हतियार प्रहार गरी उनीहरुको हत्या गरेको अवस्थामा शव पाइएको जानकारी गराए । 

मृतक श्रीदेवी बोहराका श्रीमान दिपक बोहरा भने हाल वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here