भीरबाट लडेर अभिनेता प्रकाश घिमिरे घाइते


१० कार्तिक २०८०, शुक्रबार १२:३० मा प्रकाशित

पोखरा । अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् ।

शुक्रबार विहान घाँस काट्ने क्रममा नदीपूरस्थित भीरबाट लडेर उनी घाइते भएका हुन् ।

घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

उनका अनुसार मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

उनको टाउकोमा रगत जमेको उनी निकट स्रोतले जनाएको छ । उनी अभिनित फिल्म ‘पशुपति प्रसाद – २ भष्मे डन’ यतिबेला प्रदर्शन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here