केपी ओलीमाथि लागेका आरोपहरु गम्भिर षड्यन्त्र होः शंकर पोखरेल


८ कार्तिक २०८०, बुधबार ११:५८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय अध्यक्ष केपी ओलीमाथि लागेका आरोपहरु गम्भिर षड्यन्त्र भएको बताउनुभएको छ।

उहाँले राजावादीहरु कम्वोडियाको टेलिकममा एमाले अध्यक्ष केपी ओलीको लगानी छ भनेर भ्रम छर्ने खेतीमा लागेको भन्दै यस्ता षड्यन्त्रहरु विरुद्ध गम्भिर बन्न आग्रह गर्नुभएको हो । केही समय अघि दुर्गा प्रसाईंले एक अन्तर्वार्तामा केपी ओलीको कम्बोडीयाको टेलिकममा करोडौं लगानि रहेको बताउनुभएको थियो ।

पोखरेलले उहाँको भनाइलाई इंगित गर्दै सामाजिक सञ्जामार्फत प्रतिबाद गर्नुभएको हो । पोखरेलले वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु भएको भन्दै शुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको ब्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भिवष्यमाथिको प्रहार भएको बताउनुभयो ।

पोखरेलको स्टाटसलाई महेश बस्नेतले पनि कपी गर्दे शेयर गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here