मुम्बईमा उपचाररत् मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईँको निधन


८ कार्तिक २०८०, बुधबार ११:४४ मा प्रकाशित

काठमाडौं । हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भारतको मुम्बईमा उपचाररत् मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईँको निधन भएको छ ।

सेढाईं गत असोज २७ गते हेलिकप्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । काठमाडौंको ह्याम्स अस्पतालमा उपचार संभव नभएपछि उनलाई भारतको मुम्बई लगिएको थियो ।

मुम्बईको नेशनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा मंगलबार उनको निधन भएको मनाङ एयरले जनाएको छ ।

मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here