देशमा धेरै राजनीतिक दल आवश्यक छैनः एमाले महासचिव पोखरेल


४ कार्तिक २०८०, शनिबार १९:३९ मा प्रकाशित

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएको बताउनुभएको छ ।

एमाले जिल्ला कमिटी दाङको आयोजनामा घोराहीमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डोर्‍याउने सबल राजनीति दल खोजेको बताउनुभयो ।

एक फरक प्रसंगमा उहाँले मुलुकको अर्थतन्त्र सबल नभएकोमा चिन्ता व्यक्त गर्नुभयो । अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने उहाँको भनाइ थियो ।

दशैं पारिवारिक मिलन र सद्भाव बढाउने पर्व भएकाले संस्कृति–परम्पराको जगेर्ना गर्नु सबै नेपालीको दायित्व भएको महासचिव पोखरेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here