प्रधानमन्त्री कार्यालय, आयल निगम लगायतद्वारा उपत्यकाका पेट्रोल पम्पको अनुगमन


३० आश्विन २०८०, मंगलवार १८:०६ मा प्रकाशित
Nepal-fuel-petroleum products

काठमाडौ । उपत्यका भित्र रहेका पेट्रोल पम्पका बारेमा गुनासो आएपछि प्रधानमन्त्री कार्यालय, आयल निगम लगाएतले संयुक्त रुपमा अनुगमन गरेको छ ।

पेट्रोल पम्पका बारेमा गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा संयुक्त अनुगमन टोलीले उपत्यकाका बिभिन्न स्थानमा रहेको पेट्रोल पम्पमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा काठमाडौंको गैरीगाउँको भ्याली बाबा सप्लायर्सबाट कम परिमाणको तेल बिक्रिबितरण गरेको पाइएपछि पेट्रोल पम्पको एउटा नोजललाई शिल गरिएको छ ।

परिमाण मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न प्रधानमन्त्रीको सचिवालय सदस्य बिनोद न्यौपानेले जानकारी दिनुभयो ।

चाडपर्वको मौका छोपी उपभोक्तामाथि ठगि हुन सक्ने भएकाले अनुगमन गरिएको उहाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here