नयाँ सरकार बनेपछि मध्यावधि निर्वाचनको चिन्ता सकियोः मुख्यमन्त्री कार्की


२८ आश्विन २०८०, आईतवार १९:१२ मा प्रकाशित

विराटनगर । कोशीका मुख्यमन्त्री केदार काकीले प्रदेशमा नयाँ सरकार बनेपछि मध्यावधि निर्वाचन हुन्छ कि भन्ने चिन्ता सकिएको बताउनु भएको छ ।

मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले तत्कालका लागि तीन सदस्यीय मन्त्रिपरिषद बनेको भन्दै आगामी दिनमा सहमतिको सरकार बन्ने दाबी गर्नुभयो ।

आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी पनि उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेशसभा विघटन हुन्छ कि, मध्यावधि हुन्छ कि भन्ने चिन्ता थियो तर अब यी सबै चिन्ता सकिएको छ ।’

प्रदेशमा देखिएका सामाजिक, साँस्कृतिक विषय वार्ताद्वारा समस्या समाधान गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले जनाउनुभयो ।

कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आजै दुईजना मन्त्रीलाई नियुक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here