कोशी प्रदेशः मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण, राई र राना मन्त्री


२८ आश्विन २०८०, आईतवार १५:३४ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

उहाँले तीन सदस्यीय मन्त्रिपरिषद् पनि गठन गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले पनि आइतबार नै पद गोपनीयताको शपथ लिएका छन् ।

शनिबार कांग्रेसका प्रदेश सांसद कार्कीलाई मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुई जनालाई मन्त्री नियुक्त गर्नुभएको हो । कांग्रेसका विद्रोही सांसदमध्ये इलामका शम्शेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री नियुक्त भएका हुन् ।

राई र मगर दुवैजना एउटै जिल्ला इलामबाट निर्वाचित प्रदेश सांसद हुन् । यसअघि उद्धव थापा नेतृत्वको सरकारमा एउटै जिल्लाबाट दुई जना मन्त्री भएको जिल्ला ओखलढुंगा थियो ।

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौं मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

कांग्रेसबाट विद्रोह गरेका ८ र एमलेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here