कोशीका मुख्यमन्त्री कार्कीको शपथ आज, सानो आकारको मन्त्रिमण्डल बनाइने


२८ आश्विन २०८०, आईतवार ०८:४१ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज आइतबार पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । शपथसँगै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गर्नुभएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शनिबार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री कार्कीको शपथग्रहण दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here