मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते पाइलट सेढाईंलाई मुम्बई लगियो


२८ आश्विन २०८०, आईतवार ०८:२९ मा प्रकाशित

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी शनिबार गम्भीर घाइते भएका पाइलट प्रकाश कुमार सेढाईंलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

उनलाई उपचारको लागि आइतवार बिहान मुम्बई लगिएको उनको उपचारमा संग्लग्न ह्याम्स अस्पतालले जनाएको छ ।

अस्पतालले शनिवार साँझ विज्ञप्ति जारी गर्दै उनको थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने जानकारी दिएको थियो । राति नै उनलाई त्यसतर्फ गिएको छ ।

शनिवार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाईंको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्थामा रहेको अस्पतालले जारी विज्ञप्तिमार्फत उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘सेडाईंको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ । उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको छ ।’

शनिवार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा सोलुखुम्बुको लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here