काठमाडौंमा ‘मोसो’ दलेको घटनाका सम्बन्धमा के भन्छन् दुर्गा प्रसाईं ?


२२ आश्विन २०८०, सोमबार १५:५७ मा प्रकाशित

झापा । आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा नेकपा एमालेका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बताउनु भएको छ ।

सूर्योदय टेलिभिजनसंग फोनमा कुरा गर्दै प्रसाईंले देशमा देखिएका विविध समस्याका विषयमा राखिएको छलफल कार्यक्रममा सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा रंग-पानीले भरेको बोतलबाट त्यही पानी एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज देश संकटग्रस्त अवस्थामा छ । मारवाडी समुदायका केही मानिसहरूले देशलाई आर्थिक रुपले कब्जामा राखे । आजको कार्यक्रममा मारवाडी समुदायकै मानिसहरूले पनि बोलेका थिए । मैले पनि बोलेर फर्किन लाग्दा ममाथि रंग-पानी छ्यापे ।’   

केही सञ्चार माध्यमले भने सोमबार काठमाडौंस्थित एलोप्यागोडा होटलमा केही युवाले प्रसाईंमाथि मोसो दलेको समाचार लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here