संसदको नियमित कार्यतालिका हटाएर इजरायलमा अलपत्र नेपालीको उद्दार विषयक छलफल चलाउन राप्रपाको माग


२२ आश्विन २०८०, सोमबार १४:२५ मा प्रकाशित

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठकको नियमित कार्यसूचि हटाएर इजरायलमा अलपत्र नेपालीहरुको उद्धारको विषयमा छलफल चलाउन माग गरेको छ ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ः३० मा बस्नेगरी बोलाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजै सभामुख देवराज घिमिरेलाई भेटी प्रतिनिधि सभा बैठकको नियमित कार्यसूचिलाई हटाएर इजरायलमा अलपत्र नेपालीहरुको उद्धारको विषयमा मात्र बैठक केन्द्रित गर्न माग गरेको हो ।

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही नेतृत्वको टोलीले बैठकको कार्यसूचि परिवर्तन गर्न माग गरेको हो । इजरायलमा अलपत्र नेपालीहरुको उद्धारका लागि सरकारले विशेष टिम बनाउनुपर्ने र त्यसको लागि प्रतिनिधि सभाले निर्देशन दिनुपर्ने शाहीले बताउनु भयो ।

इजरायलमा मात्रै नभइ अन्य विभिन्न देशहरुमा पनि अलपत्र रहेका नेपालीहरुको उद्धार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here