बिर्तामोडको बुट्टाबारीमा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न


१९ आश्विन २०८०, शुक्रबार १७:१८ मा प्रकाशित

बिर्तामोड । बिर्तामोडको बुट्टाबारीमा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ बिर्तामोड लेडीको आयोजना तथा बुट्टाबारी युनाइटेड क्लबको सहआयोजनामा संचालन कार्यक्रमको व्यावस्थापन ६ नम्बर वडा कार्यलय विर्तामोडले गरेको थियो ।

मेचि आँखा अस्पतालको प्रविधिक सहयोग रहेको कार्यक्रम जलकन्या मन्दिरको सभाहलमा संचालन भएको हो ।

शरिरको सबै भन्दा महत्वपुर्ण अंग आँखा भएकाले समय समयमा चेक जाँच गर्नु पर्ने भन्दै कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले बताउनुभयो ।

आर्थिक विपन्नहरुलाई विशेष लाभ मिलोस भन्ने कार्यक्रमको उद्येश्य रहेको उहाँको भनाइ छ । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सूर्य कन्धङ्वाले वडाबासीहरुको आँखाको समस्यालाई निशुल्क चेकजाँच गरिदिएकोमा आयोजक र मेचि आँखा अस्पताललाई आभार प्रकट गर्नुभयो ।

निशुल्क आँखा शिविरमा दुई सय ४० जनाले लाभ लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here