गए राति दुई पटक गयो बझाङमा भूकम्प


१९ आश्विन २०८०, शुक्रबार ०७:३९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ ।

गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४.३ तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

गत मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here