नयाँ भनिएका पार्टीहरुले देश हाक्न नसक्ने एमाले अध्यक्ष ओलीको भनाइ


१८ आश्विन २०८०, बिहीबार १९:०८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका पार्टीहरुले देश हाक्न नसक्ने बताउनुभएको छ ।

बिहीबार पार्टी कार्यालय च्यासलमा बाराका नेता शिवचन्द्र कुशवाहलाई एमाले प्रवेश गराउँदै ओलीले नयाँ भनिएका पार्टीहरुसंग देशलाई हाक्न सक्ने कुनै सोच र योजना नरहेको बताउनुभएको हो । उहाँले नयाँ पार्टीहरुसंग सही ढंगले उम्मेदवार चयन गर्न सक्ने क्षमता समेत नरहेको टिप्पणी गर्नुभयो । त्यस्तै पुराना भन्ने पार्टीहरुले पनि केही गर्न नसकेको जिकिर गर्नुभयो ।

कांग्रेस पार्टी थोत्रो भएको र ८७ सीट हुँदा पनि ३२ सिटको पछाडी हिँडेको उहाँले बताउनुभयो । उहाले कांग्रेसको पछाडी लाग्ने भनाई माधव नेपाललाई सुहाएपनि कांग्रेसलाई भने माओवादीको पछाडी हिड्न नसुहाउने धारणा राख्नुभयो । अध्यक्ष नेपालले माओवादीका नेता कार्यकर्ताहरुले पनि आफुसंगको भेटमा पिडा पोख्ने गरेको बताउनुभयो ।

माओवादीमा छोरी ज्वाइँ, भाइ भतिजा भान्जा सप्रे पनि तमाम माओवादी कार्यकर्ता तड्पिन बाध्य भएको उहाँको छ । उहाँले गरिवी निवारण गर्न सक्ने, सामाजिक समानता कायम गर्न सक्ने पार्टी एमाले बाहेक अरु कुनै नरहेको दावी गर्नुभयो । एमालेको सुखी नेपाली समृद्ध नेपाललाई अन्य दलले बोल्न पनि नसकेको उहाँले बताउनुभयो ।

त्यस्तै एमाले प्रवेश गर्दै कुशवाहले सहित कार्यदिशा र कार्यनीति नभएका कारण जनयुद्ध लडेका माओवादीहरु, एमालेबाट गएका माओवादीहरु एमालेतर्फ फर्कन थालेको बताउनुभयो । उहाँले पाको पार्टी एमालेलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । एमालेबाटै समृद्धिको सपना साकार हुने उहाँको भनाइ छ ।

माओवादी केन्द्र छाडेर जनमत पार्टीमा पुगेका कुशवाह बारा २ मा उम्मेदवार बन्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here