बझाङमा भूकम्प : केही घाइते, दर्जनौ घर भत्किए


१६ आश्विन २०८०, मंगलवार १९:५७ मा प्रकाशित

काठमाडौं । पश्चिम नेपालमा गएको दुई ठूला भूकम्पमा परी केही व्यक्ति घाइते भएका पश्चिमका जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूले बताएका छन् । तर कति घाइते भए र कति धनमालमा क्षति भयो भन्नेबारे यकिन रिपोर्ट आइसकेको छैन ।

जयपृथ्वी नगरपालीकामा रहेको जाल्पा माविमाका एक विद्यार्थी घाइते भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

उनका अनुसार बझाङका धेरै भौतिक संरचनामा क्षति पुगेको र भूकम्पका कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

केही स्थानमा पनि केही विद्यार्थी घाइते भएका समाचारहरू आएका छन् । भूकम्पका कारण दर्जनौ घरमा क्षति पुगेको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्प गएको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को ठूलो भूकम्प गएको हो ।

दुई ठूला भूकम्पले बझाङको चैनपुरमा रहेको धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here