मुख्य पार्टीहरुको विदेशसम्बन्ध सत्ता केन्द्रित छः लिङ्देन


१६ आश्विन २०८०, मंगलवार १९:३९ मा प्रकाशित

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्दनले मुख्य पार्टीहरुको विदेशसम्बन्ध सत्ता केन्द्रित रहेको आरोप लगाउनुभएको छ ।

राप्रपा अन्तराष्ट्रिय सम्बन्ध विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र नीतिः विगत, वर्तमान र भविष्य बिषयक विचार गोष्ठिमा लिङ्दनले सत्ताका लािग जे पनि सम्झौता गर्ने र विदेशीहरुको साथ समर्थन नभए सत्तामा पुग्न नसक्ने भन्दै मुख्य पार्टीहरुको विदेशसम्बन्ध राख्ने गरेको बताउनुभयो ।

उहाँले नेपालको भूराजनीतिक अवस्था अहिले सामान्य अवस्थामा नरहेको उल्लेख गर्नुभयो । उहाँले सत्तापक्षीय कमजोरीका कारण प्रतिष्पर्धाको शिकार नेपाल बन्न सक्ने खतरा रहेको औल्याउनुभयो ।

नेपालले विश्वसमूदायसंगको सम्बन्धमा बारेमा ठोस अवधारणा बनाउन जरुरी रहेको उहाँको भनाइ छ । लिङ्देनले पार्टीको नभई देशको परराष्ट्र निति हुनुपर्ने बताउनुभयो ।

उहाँले एकदेशसंगको सम्बन्धले अर्को देशलाई असर नपर्ने ढंगले अघि बढ्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here