नेपाल भारतसँग २३ रनले पराजित


१६ आश्विन २०८०, मंगलवार ११:१५ मा प्रकाशित

काठमाडौ । नेपाल भारतसँग २३ रनले पराजित भएको छ । १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतसँग नेपाल पराजित भएको हो ।

भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याउदै नेपाल २३ रनले पराजित हुन पुुगेको हो ।

भारतका यशस्वी जैसवालको शतकमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । विजेता टिमले सेमिफाइनलमा स्थान पाउनेछ ।
खेल चीनको हान्झाउमा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here