सरकारले सरोकारवालाहरुसँग छलफल नगरी विधेयक संसदमा पेश गर्दा सडक तातियो : सभामुख घिमिरे


८ आश्विन २०८०, सोमबार २०:४४ मा प्रकाशित

निराजन निरौला, बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले विधेयक ल्याउँदा सरोकारवाला पक्षहरुसँग छलफल नगरेको आरोप लगाउनु भएको छ ।

आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर २ को अध्ययन, अनुगमन तथा मतदाताहरुसँगको भेटघाट गर्न सोमबार साँझ झापा आइपुग्नुभएका सभामुख घिमिरेले पत्रकारहरुसँग उक्त कुरा बताउनुभएको हो ।

भदौ २७ गते संसदमा पेश भएको शिक्षा बिधेयकका विषयमा गहन छलफल, अध्ययन तथा सम्बन्धित विषयविज्ञहरुसँग परामर्श नलिइ विधेयक संसदमा पेश भएकाले शिक्षकहरु सकडकमा उत्रनु परेको र कार्यान्वयनमा कठिनाइ आएको उहाँको भनाइ छ ।

विधेयकहरु बन्नु संसदमा पेश हुनु सकारात्मक पक्ष रहे पनि उचित समयमा सही निर्णय लिन नसक्दा यस्तो समस्या आइपरेकोसमेत सभामुख घिमिरेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here