संविधान दिवसमा कोशी प्रदेशका १८० जना सहित झापाका १८ कैदीले पाए कैद सजायको माफी


३ आश्विन २०८०, बुधबार ०९:५३ मा प्रकाशित

झापा । संविधान दिवसको अवसरमा जिल्ला कारागार झापाका १८ जना कैदीले कैद सजाय माफी पाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले देशभरिका ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेकोमा त्यसमध्ये झापा कारागारका १८ जना परेका हुन् ।

उहाँले ३५ जनाको नाम सिफारिस पठाएकोमा १८ जनाको मात्र कैद सजाय मिनाहा भएको झापा कारागार प्रमुख मोहन पनेरुले बताउनुभयो ।

उहाँका अनुसार कोशी प्रदेशका १८० जना कैदीले कैद सजाय माफी पाएका छन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदको सजाय माफी गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुनेगरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here