घरमा जुवातास खेलिरहेका नगद ७३ हजार सहित १० जना पक्राउ


२ आश्विन २०८०, मंगलवार १२:२२ मा प्रकाशित

भक्तपुर। भक्तपुरबाट प्रहरीले जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका ७ इनाचो बस्ने हर्क रत्न शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँमा बस्ने भारतीय नागरिकसहित १० जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार ७ सय ४५ रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here