ब्राउन सगुर सहित २ जना पक्राउ


२ आश्विन २०८०, मंगलवार ११:५५ मा प्रकाशित

मोरङ। मोरङको बिराटनगर महानगरपालिका वडा नं.१७ मटेरुवाबाट लागुऔषध ब्राउन सगुर सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका २० बस्ने ३७ बर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का ३० बर्षीय सुसान्त रिजाल रहेका छन् ।

सोमबार दिउसो १२ बजे भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश नं. १.०२.०५२ प २७१७ नम्बरको मोटरसाईकललाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनिहरुलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here