नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प


३१ भाद्र २०८०, आईतवार १४:१९ मा प्रकाशित

काठमाडौं । चिकित्सकमाथि भएको कुटपिटको विरोध गर्दै नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको छ ।

हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि भएको कुटपिटको विरोध गर्दै संघले सरकारी अस्पताल, निजी अस्पताल, मेडिकल कलेज तथा क्लिनिकमा सेवा बन्द गरेको हो । डाक्टरमाथि कुटपिटमा संलग्नलाई फौजदारी अभियोग तथा ऐनबमोजिम कारबाहीको सुनिश्चितताको माग संघले राखेको छ ।

चिकित्सकहरुको आन्दोलनका कारण देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन्, जसका कारण उपचारका लागि स्वास्थ्य संस्था पुगेका विरामीहरु मर्कामा परेका छन् । चिकित्सकहरुको सुरक्षाको प्रत्याभूति राज्यले गर्न नसक्दा बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको चिकित्सकहरुले जनाएका छन् ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसलगतै दोषिलाई कारवाही गर्नुपर्ने माग राख्दै संघले आन्दोलनको घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here