भारतबाट ल्याइएका ७० किलो मरेका माछा खाल्डो खनेर पुरियो


३० भाद्र २०८०, शनिबार ०७:३३ मा प्रकाशित

झापा । बिर्तामोड नगर प्रहरीले बरामद भएको मरेका माछा नष्ट गरेको छ । नगर प्रहरीको गस्ती टोलीले प्रतिवन्धित भारतीय मरेका ७० किलो माछा विर्ता बजारबाट बिहीबार बरामद गरेको थियो । 

 रहु र ताम्पत जातका मरेका माछा स्थानीय व्यवसायी मदन माझी र दिलिप माझीले विक्री गर्दै गरेको अवस्थामा नगर प्रहरीले फेला पारेपछि नियन्त्रणमा लिएको जनाइएको छ । 

कानुनी प्रक्रिया पूरा गरि बरामद गरिएको माछा खाल्डो खनेर पुरिएको नगर प्रहरीका सहकमाण्डर टंकप्रसाद तिम्सिनाले जानकारी दिनु भयो । 

बिर्तामोड नगरपालिका क्षेत्रभित्र मरेका अस्वस्थकर माछा विक्री वितरण पूर्णरुपमा प्रतिवन्ध छ । चाडवाड नजिकिएसंगै लुकीछिपी अस्वस्थकर माछा विक्री वितरण हुनसक्ने भन्दै नगर प्रहरीले सक्रियता बढाएको छ । नगर प्रहरीले यस अघि पनि ठूलो परिमाणमा प्रतिवन्धित माछा नियन्त्रणमा लिएर नष्ट गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here