पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति ?


३० भाद्र २०८०, शनिबार ०७:२१ मा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमको आज बसेको बैठकले इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १८०.५०, दोस्रो वर्गमा १८२ र तेस्रो वर्गमा १८३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here