बुधबारलाई तय गरिएको प्रतिनिधिसभा बैठक स्थगित


२७ भाद्र २०८०, बुधबार ११:२७ मा प्रकाशित

काठमाडौ । आज बुधबार तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

मंगलबार हृदयघातका कारण संविधानसभाका अध्यक्ष एवं नेकपा ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका भएपछि संसद बैठक स्थगित भएको हो ।

दिवंगत नेम्वाङको आज अन्तिम संस्कार गरिँदैछ । उहाँको अन्तिम संस्कारका दिन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजे अर्को बैठक तोकेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here