नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसो १ बजेसम्म ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमै राखिने


२७ भाद्र २०८०, बुधबार ११:२४ मा प्रकाशित

काठमाडौ । संविधानसभाध्यक्ष एवं एमाले उपाध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमै राखेर अपराह्न १ बजेपछि बालुवाटारस्थित निजी निवास लगिने भएको छ।

नेम्वाङको पार्थिव शरीरमा आज बिहान ९ः०० देखि दिउँसो १ः०० बजेसम्म श्रद्धाञ्जली व्यक्त गर्न च्यासलमै राखेर अपराह्न निजी निवास लगिने भएको हो।

एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिनेछ। त्यहाँ नेम्वाङप्रति उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here