नेम्वाङको निधनमा शोक मनाउन पार्टी तथा जनवर्गीय संगठनका सबै कार्यक्रम स्थगित गर्ने एमालेको निर्णय


२६ भाद्र २०८०, मंगलवार ११:५७ मा प्रकाशित

काठमाडौ । नेकपा एमालेले आफ्ना उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक मनाउन पार्टी तथा जनवर्गीय संगठनका सबै कार्यक्रम स्थगित गरेको छ।

इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा संविधान सभाका अध्यक्ष नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो।

उनको निधनमा शोक मनाउन अर्को सूचना जारी नभएसम्मका लागि पार्टी तथा जनवर्गीय संगठनका सबै कार्यक्रम स्थगित गरिएको कार्यबाहक महासचिव, प्रदीप ज्ञवालीले जानकारी दिए।

नेम्वाङको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिएको उनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here