प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणबारे विभिन्न राजनीतिक दलहरुसँग छलफल गर्दै


२४ भाद्र २०८०, आईतवार ११:२८ मा प्रकाशित

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणबारे विभिन्न राजनीतिक दलहरुसँग छलफल गरेका छ्न ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सर्वदलीय छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भ्रमणका क्रममा नयाँ नयाँ सम्झौता गर्नुभन्दा पनि भएका पुराना महत्वपूर्ण सम्झौताहरुलाई कार्यान्वयन गराउनेतर्फ लाग्न सुझाव दिएको छ ।

छलफलमा सहभागी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास चीनलाई दिलाउँदै यसअघिको सहमति कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाँदैछन् । सोही भ्रमणको तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here