गोवंशको संरक्षण गर्नुपर्ने भन्दै वैदिक सनातन धार्मिक महासंघद्वारा काठमाडौंमा प्रदर्शन


२३ भाद्र २०८०, शनिबार १४:४७ मा प्रकाशित

काठमाडौं। गोवंशको संरक्षण गर्नुपर्ने भन्दै वैदिक सनातन धार्मिक महासंघ लगायतले काठमाडौंमा प्रदर्शन गरेको छ ।

धर्म निरपेक्षता खारेज गर्दै वैदिक सनातन धर्म कायमका साथै गोवंशाको संरक्षण गर्नुपर्ने भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले गोैहत्यामुक्त हिन्दुराष्ट्र नेपाल हाम्रो अभियान, हाम्रो धर्म संस्कृति प्राणभन्दा प्यारो छ, गौहत्यारालाई कारबाही गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । साथै उनीहरुले धर्म विरोधी व्यवस्था नचाहिने भन्दै नारावाजी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here