सुनसरीमा अज्ञात समुहद्वारा प्रहरीमाथि आक्रमण, हितयार र गोली लुटे


२३ भाद्र २०८०, शनिबार १०:३२ मा प्रकाशित

बिर्तामोड । सुनसरीको बर्जुगाँउपालिकामा सादा प्रहरीमाथि आक्रमण गरी अज्ञात समूहले हतियार र गोली लुटेको छ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विपिन रेग्मीका अनुसार विराटनगर महानगरपालिका र बर्जुगाँउपालिकाको सीमामा पर्ने शुक्रबारेमा घटना भएको हो।

इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको सादा पोशाकका प्रहरी विमल परियार, र प्रेम चौधरीलाई सूचना लिन जाने क्रममा करिब ४ जनाले एकैपटक आक्रमण गरेको प्रहरी उपरिक्षक रेग्मीको भनाइ छ।

घटना भएको क्षेत्रमा हतियारको प्रयोग गरी लुटपाट गर्नेको संख्या बढ्दै गर्दा प्रहरीले सूचना संकलन गर्न टोली परिचालन गरेको हो। यसक्रममा अज्ञात ब्यक्तिहरुले दुवै प्रहरी जवानलाई दाउरा भाटाले प्रहार गरी घाइते बनाएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here