अमेरिकी राष्ट्रपति बाइडेन भारतमा


२३ भाद्र २०८०, शनिबार ०८:२९ मा प्रकाशित

एजेन्सी । जी २० शिखर सम्मेलनका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन भारत आइपुगेका छन् विश्वका धेरै शीर्ष नेताहरू भारत आइपुगेका छन् । यसैलाई ध्यानमा राख्दै दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ।

अमेरिकी राष्ट्रपति बाइडेनको सुरक्षाका सबै सञ्जालहरू पनि आइपुगेका छन् । राष्ट्रपतिको सुरक्षामा अमेरिकी गुप्तचर सेवाको महत्त्वपूर्ण भूमिका हुन्छ । यो एजेन्सी सन् १८६५ मा गठन भएको थियो, तर १९०१ देखि मात्र यसलाई अमेरिकी राष्ट्रपतिको सुरक्षाको जिम्मा सुम्पिएको थियो ।

गुप्तचर सेवामा करिब ७ हजार एजेन्ट र अफिसरहरू काम गर्छन् । यसमा महिला पनि छन् । उनीहरुको तालिमलाई विश्वको सबैभन्दा कठिन तालिममध्ये एक मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here