कोसी सरकारविरुद्धको रिटमा आज पनि बहस जारी रहने, आजै आदेश आउने संभावना


२१ भाद्र २०८०, बिहीबार ०७:५७ मा प्रकाशित

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा प्रतिवादीको बहस आज पनि जारी रहने भएको छ । निवेदक पक्षको बहस सकिएपछि प्रतिवादीको बहस सुरु  भएको थियो । 

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा निरन्तर सुनुवाइ भएको थियो । 

मंगलबारबाट प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस भएको थियो । आज आदेश हुन सक्ने सम्भावना रहेको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पक्षका एक वकिलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here