काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक हमला भएको छ ।
उनीमाथि आज (बुधबार) काठमाडौँको भृकुटीमण्डपमा आक्रमण भएको हो । यादवलाई नुवाकोटाका श्याम सापकोटाले आक्रमण गरेको जनाइएको छ ।
उनले धारितो हतियारले आक्रमण गरेपनि यादव खतरामुक्त अवस्थामा छन् । रिपोटर्स क्लबबाट बाहिरिएपछि यादवमाथि आक्रमण भएको जनाइएको छ ।
ट्रमा सेन्टरको आइसियुमा राखेर उपचार भइरहेको छ ।
उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा उपचार भइरहेको छ ।
उनीमाथि आक्रमण भएपछि कांग्रेससम्बद्ध भातृ संगठनहरू क्रुद्ध बनेका छन् । नेविसंघले बुधबार साँझ काठमाडौं जुलुस प्रदर्शन गर्नुका साथै गृहमन्त्रीको राजीनामा मागेको छ ।