उर्जाशील रामधुनी आमा समूहद्वारा शोकमा रहेका बिपन्न परिवारलाई फलफूल, लत्ताकपडा तथा नगद सहयोग


१८ भाद्र २०८०, सोमबार १८:३३ मा प्रकाशित

बिर्तामोड । बिर्तामोडमा रहेको उर्जाशील रामधुनी आमा समूहले शोकमा रहेका बिपन्न परिवारलाई फलफूल, लत्ताकपडा तथा नगद सहयोग गरेको छ ।

पश्चिम स्ट्यान्ड छेउमा बसेका बिशाल शर्माको परिवारलाई उक्त संस्थाले सहयोग गरेको हो । काँकरभिट्टा धुलाबारी हुँदै बिर्तामोडमा बस्दै आएका शर्माका बुबाको गत भदौ ९ गते निधन भएको थियो ।

काजकिरिया गर्ने सरसामग्री तथा आर्थिक अवस्थाको अभाव देखेर सहयोग गरिएको रामधुनी आमा समूहकी अध्यक्ष गंगा शिवाकोटी ढकालले बताउनुभयो ।

दु:खी पीडितका लागि सहारा बन्दै आएको उक्त संस्थाले यो भन्दा अगाडी पनि धेरैलाई सहयोग गरिसकेको छ ।

छाकटार्न कठिन परेका परिवार, बिरामी परेर आर्थिक अभावका कारण घरमै छटपटिएका व्यक्तिलाई अस्पताल लगेर लागेको खर्चसमेत रामधुनी आमा समूहले आर्थिक संकलन गरी बितरण गर्दै आएको छ ।

पश्चिम स्ट्यान्ड छेउमा बसोबास गर्दैआएका बिशाल शर्मा सहित उनकी आमा र एक बहिनी गरेर अहिले तीन जनाको परिवार छ । बहिनीशारीरिक रुपमा असक्त रहेकाले हिड्ढुल गर्न नसक्ने अवस्थामा छिन् ।

बुबाको तेह्र दिनको काम गरिसक्न र बहिनीको उपचार गर्न आर्थिक संकटका कारण कठिन परिरहेकाले सहयोग गरिदिन मृतकका छोरा बिशाल शर्माले आग्रह गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here